विश्वभर कोरोना जित्नेको संख्या ५ करोड नाघ्‍यो

विश्वभर कोरोना जित्नेको संख्या ५ करोड नाघ्‍यो

‘संक्रमितको संख्या ७ करोड २० लाख नाघेको छ भने १६ लाख १० हजारले ज्यान गुमाए’

काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ४ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ४ लाख ८० हजार ६८४ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १६ लाख १० हजार ८०२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७ करोड २० लाख ८९ हजार ७६१ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५ हजार ८२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २० हजार २९८ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ हजार ३०९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४०३ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३९३ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ३५४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९८ लाख ५७ हजार ३८० पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६८ लाख ८० हजार ५९५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३९० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ८१ हजार १४३ पुगेको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij