काठमाडौं – गुल्मी, उदयपुर र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
गुल्मी: मुसिकोट नगरपालिका-४ चिउरीडाँडास्थित सडकमा लु.३ त ११०० नम्बरको खाली ट्याक्टर आइतबार दिउँसो अनियन्त्रित भई करिब ७ सय मिटर तल निस्दी खोलामा खस्दा ट्याक्टरमा सवार सोही नगरपालिका-५ सिमलचौर बस्ने ३१ वर्षीया पार्बती सुनारको घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ट्याक्टर चालक ईस्मा गाउँपालिका९२ छल्दीटार बस्ने ३२ वर्षीय कृष्ण कुमाल सोही ठाउँ बस्ने २८ वर्षीय शिव मगरलाई उपचारको लागि अस्पताल पठाइएको छ ।
उदयपुर: उदयपुरगढी गाउँपालिका-७ अधेरी जंगलस्थित सडकमा ना.२ क ९ नम्बरको टिपरमा आइतबार दिउँसो ओट लाउने क्रममा सहचालक ४५ वर्षीय फर्सा बहादुर कार्कीलाई टिपरले किचेर घट्नास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
ललितपुर: ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित सडकमा हाल अगाडिको नम्बर नखुलेको आर १५ मोटरसाइकलले आइतबार दिउँसो ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका पैदलयात्री करिब ४० वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित मिति : सोमबार, पुष ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्