सरकारी सेवासुविधा लिनका लागि पर्यटन वोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न होटल व्यवसायी महासंघका अध्यक्ष शाहको आग्रह

सरकारी सेवासुविधा लिनका लागि पर्यटन वोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न होटल व्यवसायी महासंघका अध्यक्ष शाहको आग्रह

 

बुटवल -होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले मुलुक भरका होटल व्यवसायीहरुले सरकारी सेवासुविधा लिनका लागि पर्यटन वोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न आग्रह गर्नु भएको छ ।

उहांले ठुला लगानीका व्यवसायीले सरकारवाट राहत लिनका लागि अनिवार्य रुपमा पर्यटन वोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न जरुरी रहेको औल्याउनु भयो । मुलुक भर ८० हजार होटल व्यवसायी रहेको र उनिहरुले वार्षिक २० अर्ब सरकारलदाई करतिने गरेको समेत अध्यक्ष शाहले बताउनु भयो ।

उहांले होटल तथा पर्यटन व्यवसायीले मुलुकमा ३ खर्ब रुपैयां लगानी गरेकोले लगानीको सुरक्षाका लागि सरकार गम्भिर हुनु पर्नेमा जोड दिनु भयो ।

कोरोना माहामारीले थला परेको होटल व्यवसायीलाई सरकारी सर्पोट ल्याउनका लागि पनि अनिवार्य रुपमा पर्यटन वोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता पर्ने भएकोले दर्तामा जान व्यवजसायीलाई आह्वान गर्नु भयो ।

बुटवलको राजमार्ग चौराहामा शुक्रवारदेखि नयां व्यवस्थापन र आधुनिक शैलीमा संचालमा ल्याईएको रिज विन्स क्याफे एण्ड रेष्टुरेण्टको शुभारम्भ गदै अध्यक्ष शाहले व्यवसायीलाई सहुलियपूर्ण ऋणका लागि महासंघले ग्लोवल आईएमई बैकंसंग सम्झौता गरेको पनि बताउनु भयो ।

रिज विन्स क्याफे एण्ड रेष्टुरेण्टका संचालक यमु थापाले आधुनिक शैली र पारिवारीक रुपमा व्यवस्थापन गर्ने गरि २ करोडको लागतमा व्यवसाय संचालन गरेको बताउनु भयो ।

कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ रुपन्देहीका महासचिव माधव कुमार खनाल, म्यानेजर महेश सिंह, अर्जुन थापा नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवाल लगाएतले पर्यटन व्यवसाय कोरोनाले धरासायी भएकोले सरकारले राहात प्रदान गर्न माग गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, पुष १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij