कोभिड–१९ पत्रकार महिलाका लागि पिडादायी : पत्रकारिता पेशा नै कमजोर बनेको निष्कर्ष

कोभिड–१९ पत्रकार महिलाका लागि पिडादायी : पत्रकारिता पेशा नै कमजोर बनेको निष्कर्ष

बुटवल– कोभिड–१९ पत्रकार महिला तथा सञ्चारकर्मीका लागि पिडादायी बनेको पत्रकारिता पेशा नै कमजोर बनेको निष्कर्ष निकालीएको छ ।
सञ्चारिका समूह लुम्बिनी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कोभिड–१९ र पत्रकार महिलाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणले सञ्चारमाध्यमको आयश्रोत गुमेको र अधिकांश पत्रकार महिलाको रोजिरोटी खोसिएकाले समस्या भएको निचोड निकालीएको हो । सञ्चारसंस्थामा भएकाहरुले पनि समयमा पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नु परेको जनाइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले कोरोना भाइरस सङ्क्रमणका कारण सञ्चार संस्थाको अवस्था कमजोर हुँदा पत्रकारले नियमित पारिश्रमिक नपाउने अवस्था सृजना भएको बताउनुभयो । “ अहिले प्रदेशका अधिकांश मिडियाले समयमा पारिश्रमिक दिएका छैनन् तर एक जना पत्रकारले पनि संस्थागतरुपमा जानकारी गराएका छैनन् ”, उहाँले भन्नुुभयो, “ महासंघमा उजुरी आए हामी आवाज उठाउन तयार छौँ । ”
उपाध्यक्ष केसीले प्रदेशका पत्रकारहरुको कोरोना विमा गरिएको बताउदै प्रदेशमा २९ जना पत्रकार कोरोना सङ्क्रमित भएकोमा १८ जनाको विमा दाबी गरिएको बताउनुभयो । अहिलेसम्म चार जनाको मात्रै भुक्तानी भएको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार महासंघ जहिले पनि श्रमजिवि पत्रकारहरुको पक्षमा रहेको बताउनुभयो । उहाँले आफुलाई परेको समस्यालाई खुलेर बाहिर ल्याउन आग्रह गर्दै महासंघले साथ दिने प्रतिवद्धता जनाउनुभयो । उपाध्यक्ष पाण्डेले लेखनीलाई अझै सुधार गरी सम्पादकीय क्षमता विकास गर्न पत्रकार महिलाहरुलाई आग्रह गर्नुभयो ।
सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार इन्दिरा अर्यालले कोरोनाको तनाव झेलेर पनि पत्रकार महिलाहरुले सक्रिय ढंगले समाचार संकलन गरेको बताउदै समस्यालाई सृजनामा बदल्न सक्नुपर्ने धारणा राख्नुभयो ।
सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार तथा प्रेस युनियनका अध्यक्ष रेखा भुसालले मिडियामा पत्रकार महिलाको सहभागिता बलियो बनाउन जिम्मेवारी र भूमिकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पत्रकार महिलालाई दिने पदीय जिम्मेवारी बढुवालगायतका कुरामा ध्यान नदिँदा क्षमता अनुसार प्रतिफल दिन नसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा निष्कर्ष प्रस्तुत गर्दै सल्लाहकार अमृता अनमोलले सञ्चारकर्मीको पेशा बचाउन सञ्चारसंस्था बलियो बनाउनुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय सरकारले सञ्चार अनुदान बढाउनुपर्ने र सञ्चार क्षेत्रमा छुट्याएको रकम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।
सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले हरेक सञ्चार संस्थामा लैंङ्गिक नीति बनाउने, संबिधानको मर्म अनुसार समानुपातिक रुपमा पत्रकार महिलाको सहभागिता बढाउनुपर्ने र क्षमता विकास तथा लेखनवृत्तीका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्रियाशिल पत्रकार महिला समूहका अध्यक्ष कल्पना तिवारी, सञ्चारिका समूहका उपाध्यक्ष मिना ढकाल,सचिव अस्मिना पाण्डे, पत्रकारहरु लक्ष्मण पोखरेल, एन बी कडेल, पुजा पन्थी, कमला पाण्डे, छाया पन्थ लगायतले मिडियामा कोरोनाको प्रभावले गर्दा पेशाबाटै पलायन हुने अवस्था आएको बताए ।

 

प्रकाशित मिति : आइतबार, पुष १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij