बुटवल -नेकपा प्रचण्ड–माधव समुहका नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले गरेको असंबैधानिक कदमलाई बढीमा ३ महिनामा फिर्ता गराउने दावि गर्नु भयो । उहाँले घरमा झगडा भयो भनेर संम्बिधानमा आगो लगाउने काम प्रधानमन्त्री ओलीबाट भएको समेत बताउनु भयो ।
उहाँले संबिधानमा हुदै नभएको व्यवस्थालाई प्रधानमन्त्रीले कुल्चदै लत्याउदै संसद भंग गरेकाले न्यायालयवाट नै संसद पुर्नस्थापना हुने धारणा राख्नु भयो ।
प्रचण्ड–माधव समुहको नेकपाले आह्वान गरेको देशभरको विरोध प्रदर्शन अन्र्तगत रुपन्देहीले जिल्लाले बुटवलमा गरेको विरोध सभामा वोल्दै नेता भुसालले राजाले गरेको संसद विघटन त पुर्नस्थापना भएको यो मुलुकमा रैतीले गरेको प्रतिनिधिसभा विघटन न्यायालयवाट स्थापित नभए सडक संघर्षवाट भएपनि गरिने जिकिर गर्नु भयो ।
विधी विधान र जनभावना विपरित गरिएको संसद विघटन पुर्नस्थापनाको विकल्प नभएको नेता भुसालले स्पष्ट पार्नु भयो ।
विधी विधान र पार्टीको निर्णय नमान्ने प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संम्बिधान च्यात्ने र ३ करोड नेपाली जनताको अधिकार माथी अपमान गरेकोे आरोप उहांले लगाउनु भयो ।
पार्टीका सचिव नारायण जिसी निर्मलको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा केन्द्रिय सदस्य वामदेव क्षेत्री घिमिरे,लगायतले ओली कदमले प्रतिगमनकारीलाई टेवापुग्ने धारणा राख्नु भयो । राजमार्ग चौराहावाट शुरु भएको विरोध प्रदर्शन ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।
प्रकाशित मिति : मंगलबार, पुष १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्