दोहा- वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत तनहुँबासीहरु सामाजिक कार्यमा सकृय हुदै तनहुँ सेवा समाजमा आबद्ध भइ बिगतका बर्षहरु झै यस पटक पनि गृह जिल्लामा न्यानो अभियान अन्तर्गत सबै नगरपालिका र गाउँपालिका लाई समेट्दै निम्न आय भएका बिपन्न ७० परिवारलाई ब्यालेकेट( सिरक) सहयोग प्रदान गर्न लागेको समाजका अध्यक्ष नारायण ढुङ्गानाले बताउनु भयो । समाजले विभिन्न समयमा स्वदेश तथा बिदेशमा रहेका समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै रचनात्मक कार्यहरू समेत गर्दै आइरहेको छ । मानबिय कार्यमा सानो सहयोग होस् भन्ने हेतुले जिल्लाबासीहरु मिलेर सस्थागत रूपमा सहयोग जुटाइसकेको छ । गृह जिल्ला स्थित सबै स्थानीय तह सग समन्वय गर्दै सहयोग हस्तान्तरण गर्न लागेको महासचिव मिनराज वाग्लेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शनिबार, पुष १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्