‘मानव तस्करी’ को आरोप लागेकी राजदूत शेर्पाले दिइन् बयान

‘मानव तस्करी’ को आरोप लागेकी राजदूत शेर्पाले दिइन् बयान

काठमाडौँ : मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले त्यसबारे बुझ्न नेपाल बोलाएकोमा शेर्पा नेपाल आएर आरोपबारे आफ्नो भनाई राख्न थालेकी छन् ।

राजदूत शेर्पामाथि उनकै सवारी चालक ओङ्छु शेर्पाले मानव तस्करी गरेको र ठगी गरेको आरोप लगाएका छन्।

राजदूत शेर्पामाथि लागेको आरोपका सम्बन्धमा छानबिन भइरहेको र यहि क्रममा उनको धारणा बुझ्नका लागि बोलाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

राजदूत शेर्पा आइतबार नेपाल आएको र आइतबार नै मन्त्रालय गएर आफूमाथि लागेको आरोपका बारेमा आफ्नो धारणा दिन थालेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए।

उनले भने, ‘राजदूत लक्की शेर्पा नेपाल आउनु भएको छ । उहाँ हिजो (आइतबार) मन्त्रालय आउनु भएको थियो। उहाँले आरोपका बारेमा आफ्नो विवरण दिन थाल्नु भएको जानकारी छ। अझै केही दिन उहाँले मन्त्रालयमा आएर यसबारे आफ्नो धारणा र पक्ष राख्नु हुनेछ।’

सहप्रवक्ता ढकालले अघि भने, ‘तर उहाँसँग मन्त्रालयले स्पष्टिकरण सोधेको वा लिएको होइन । पत्रपत्रिका र सञ्चार माध्यममा आरोपबारे खबर आएपछि बुझ्नका लागि बोलाइएको हो । उहाँले मौखिक रुपमा आफ्नो पक्ष राख्नु हुनेछ।’

राजदूत शेर्पाले अस्ट्रेलियाबाटै आरोप बारे पठाएको विवरण (स्पष्टिकरण) चित्त नबुझेपछि उनलाई परराष्ट्रले नेपाल नै बोलाएको हो । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पामाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

उनले आइतबारदेखि नै समितिलाई आरोप बारे आफ्नो विवरण बुझाउन थालेकी छन्। उनले समितिलाई के विवरण दिएकी छन् भन्ने नखुलाए पनि अहिले आरोप नै स्पष्ट नरहेको र आरोप स्पष्ट तथा प्रमाणित भएमा कानुन अनुसारको कारवाही भने हुने सहप्रवक्ता ढकालले स्पष्ट पारेका छन्।

अहिले नै शेर्पालाई राजदूतबाट फिर्ता भने बोलाइएको होइन । उनीमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न गठन भएको समितिको निष्कर्षका आधारमा निर्णय हुनेछ । अबको केही दिन उनले समिति समक्ष आफ्नो बयान दिने छिन्।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij