बुटवल-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले सत्ताको आडमा सांसद किनबेचको खेल चलीरहेको बताएका छन । प्रेस संगठन नेपाल रुपन्देहीले बिहिबार तिलोत्तमाको ड्राइभरटोलमा गरेको अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै नेता भुसालले ओली पक्षले सत्ताको आडमा बिभिन्न प्रलोभन देखाएर सांसद किनबेचको खेलमा लागेको आरोप लगाएका हुन ।
संसद पुर्नस्थापना नभए मुलुक अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने भन्दै उनले संसद पर्नस्थापनाको बिकल्प नभएको दोहोरयाए । लोकतन्त्र,पार्टी र जनतासंग गरेको सम्झौता विपरित संसद बिघटन गर्ने प्रधानमन्त्री केपिशर्मा ओली सजायको भागीदार रहेको बताए । संसद पुनस्र्थापना गरेर ओलीलाइ सजाय दिन सकिने नेता भुसालको भनाइ थियो ।
नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता भुसालले प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले समेत ढिलासुस्ती गरेको भन्दै चिन्ता व्यक्त गरे । प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी रहेको भन्दै उनले महत्वपूर्ण मुद्दामा सर्वोच्चले देखाएको ढिलासुस्तीले न्यायालय माथि नै प्रश्न उठेको बताए । ‘प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधानको बर्खिलाप छ । लोकतन्त्र र समाजबाद बिरुद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो । अदालती व्यवस्था अनुरुप पनि संसद बिघटन प्रधम दृष्टिमै असंवैधानिक र बदरभागी छ भन्ने देखिन्छ तर अदालतले यती महत्वपुर्ण बिषयमा किन ढिलाइ हुँदैछ ?’नेता भुसालले प्रश्न गरे । संसद पुनस्र्थापनाले मात्रै संविधानको रक्षा हुने र मुलक सहि दिशामा जानेमा नेता भुसालले जोड दिए ।
ओलीले नाकाबन्दीमा लिएको अडानलाइ जोडेर संविधान विपरितको कदमलाइ ठिक हो भन्ने भ्रम फैलाउन खोजीएको भन्दै उनले नगारिक समाज,बुद्धिजिवि र संचार जगतले यसलाइ चिर्नु पर्नेमा पनि जोड दिए ।
प्रेस संगठन नेपाल रुपन्देहीका सहसंयोजक कमल रायमाझीको अध्यक्षता र संगठनका सचिवालय सदस्य नरेश केसीको संचालनमा भएको कार्यक्रममा पुर्वसभासद बिनोद पहाडी,पत्रकार महासंघका केन्द्रिय सदस्य बशन्त गिरी,अग्रज पत्रकार बालकृष्ण चापागाइ,तिलोत्तमा नगरप्रमुख बाशुदेव घिमिरे,नेकपा रुपन्देहीका सहसचिव निर्मल जीसी,युवा संघका नेता राजु गुरुङ,लगायतले बोल्दै संसद बिघटन असंवैधानिक र प्रतिगामी कदम भएकाले पुनस्थापनाकालागि सबैले आ आफनो स्थानबाट दबाब सृजना गर्नु पर्नेमा जोड दिए ।
प्रकाशित मिति : बुधबार, पुष २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्