चीनले नेपाललाई ३ लाख कोरोनाविरुद्धको भ्याक्सिन अनुदान सहयोग गर्ने

चीनले नेपाललाई ३ लाख कोरोनाविरुद्धको भ्याक्सिन अनुदान सहयोग गर्ने

काठमाडौं – छिमेकी मुलुक चीनले नेपाललाई कोभिड–१९ विरुद्धको भ्याक्सिन अनुदान सहयोग दिने भएको छ । चीनले नेपाललाई ३ लाख डोजको कोभिड खोप अनुदान सहयोग गर्ने भएको हो ।

आइतबार नेपाली मिडियालाई प्रक्रिया दिँदै नेपालस्थिल चिनियाँ राजदूतावासका तृतीया सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपालीलाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।

चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन नेपाललाई दिन लागेको हो ।
सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी हुनुका साथै विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको चिनियाँ दूतावसको दाबी छ ।

उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ केरोड ४० लाख जनालाई खोप दिइसकेको दाबी चीन सरकारको छ ।

दूतावासका अनुसार खोपको ‘एफिकेसी’ ७९.३४ प्रतिशत रहेको, यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ ।

यसअघि भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख खोप नेपाल आएको थियो ।

प्रकाशित मिति : सोमबार, माघ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij