म्यानमारमा सैनिक ‘कू’ : एक वर्ष संकटकाल

म्यानमारमा सैनिक ‘कू’ : एक वर्ष संकटकाल

काठमाडौँ – म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ । नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो ।

नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक ‘कू’को खबर आएको हो । सेनाको टेलिभिजनले एक वर्षको निम्ति संकटकाल घोषणा गरिएको जनाएको छ ।

सडकमा सेना
सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी)ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो ।

सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ । नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने योजना थियो । तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो । बीबीसीले उल्लेख गरेअनुसार राजधानी र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन् ।

प्रकाशित मिति : सोमबार, माघ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij