मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको अधिवेशन सम्पन्न: नयाँ नेतृत्व सर्वसम्मत चयन

मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको अधिवेशन सम्पन्न: नयाँ नेतृत्व सर्वसम्मत चयन

 

बुटवल-

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ, लुम्बिनी प्रदेशको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, बुटवल क्षेत्रीय समितिको चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन तथा दाङ–प्यूठान र बाँके–बर्दिया क्षेत्रीउ समितिको दोस्रो बार्षिक साधारणसभा तथा प्रथम अधिवेशन दाङको घोराहिमा संयुक्त रुपमा सम्पन्न भएको छ ।

अधिवेशनले तिन वटै समितिमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । संघका अनुसार अधिवेशनले कमल नेपालको अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ । जसमा उपाध्यक्षमा आशिषराज श्रेष्ठ, सचिवमा रुपक अर्याल, कोषाध्यक्षमा माधवराज भण्डारी, सहसचिवमा विष्णु खनाल र सदस्यमा रामप्रसाद गौतम र श्रवण कुमार जैसवाल रहेका छन् ।

त्यसैगरि संघको बुटवल क्षेतिय समितिको अध्यक्षमा सूर्यप्रसाद पराजुली, उपाध्यक्षमा विष्णु प्रसाद कार्कि, सचिवमा विष्णु वाग्ले, कोषाध्यक्षमा नारायण कार्कि र सदस्यहरुमा बाबुराम पाण्डे, सुमित सिलवाल र रमेश पौडेल निर्वााचित भएका छन् ।

संघको दाङ–प्यूठान क्षेत्रीय समितिको अध्यक्ष लव अधिकारी, उपाध्यक्षमा गजेन्द्र बहादुर वली, सचिवमा डिल्ली बहादुर केसी, कोषाध्यक्षमा रमेश रावल र सदस्यहरुमा हरि बहादुर विष्ट, मोहन बहादुर केसी र युगराज पोखरेल चयन भएको जनाइएको छ ।

यसैगरि बाँके–बार्दिया क्षेत्रीय समितिको अध्यक्षमा किशोर कुमार आचार्य, उपाध्यक्षमा राजु प्रसाद काफ्ले, सचिवमा ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्षमा दिलिप जयसवाल र सदस्यहरुमा लिलाधर जोशी, गोपालदत्त भट्ट, नर बहादुर विष्ट र महेशकुमार सापकोटा निर्वाचित भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका केन्द्रीय सदस्य तथा अनुगमन विभागका संयोजक मेघ बहादुर अधिकारीले कोरानाका कारण विद्यालय लामो समय बन्द हुदा शैक्षिक सामाग्री उद्योगहरु आर्थिक रुपमा संकटमा परेको उल्लेख गर्दै व्यवसायमा आएको समस्यालाई समाधान गर्न सबै एक भएर लाग्न आग्रह गरे ।

उनले व्यवसायमा रहेको अस्वस्थ प्रतिष्पर्धा र लुकिछिपी भित्रने सामाग्री हाम्रा लागि जटिल समस्याहरु भएको हुदा त्यसलाई अन्त्य नगर्दासम्म व्यवसाय व्यवस्थित हुन नसक्ने धारण राखेका थिए । अधिकारीले कोभिडका कारण अतिप्रभावित उद्योगको सूचिमा कपि उद्योगहरुलाई राख्न सरकारसंग आग्रह गरेको तर त्यसको सुनुवाई हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
संघको प्रदेश समितिका अध्यक्ष कमल भण्डारीको अध्यक्षता, सचिव कमल नेपालको सञ्चालन र उपाध्यक्ष आशिषराज श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य लक्ष्मण न्यौपाने, पत्रकार सुमन अधिकारी, एमके पेपर मिलका वजार व्यवस्थापक लोकेन्द्र राउत लगायत बोलेका थिए।

कार्यक्रममा बुटवल क्षेतिय समितिको अध्यक्ष नारायण न्यौपाने, दाङ–प्यूठान क्षेत्रिय समितिको अध्यक्षका अध्यक्ष लव अधिकारी, बाँके–बार्दिया क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद गौतमले समितिका प्रस्तुत गरेका छुट्टाछुटै बार्षिक प्रतिवेशनहरु छलफलपछि पारित गरिएको थियो ।

प्रकाशित मिति : आइतबार, माघ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij