नेपाल नियमित रक्तदाता संघद्धारा ११५ प्वाईन्ट रगत संकलन ,संस्था आर्थिक समस्यामा

नेपाल नियमित रक्तदाता संघद्धारा ११५ प्वाईन्ट रगत संकलन ,संस्था आर्थिक समस्यामा

बुटवल -नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ प्वाइन्ट रगत सकलङ गरि रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरेकोे छ ।
संघले हरेक महिनाको तेस्रो शनिवार आयोजन गर्ने नियमित रक्तदान कार्यक्रम अन्तर्गत फागुन महिनामाको शनिवारको कार्यक्रमवाट उक्त रगत संकलन गरेको हो ।
लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले नियमित रक्तदाता संघलाई आवश्यक रहेको सामाग्री सहयोग गर्ने धारणा राखनु भयो ।
सामाजिक काम गर्ने संस्थालाई आर्थिक अभाव रहेको छ । संस्थाको कार्यालय एउटा झोलामा सिमित रहेको छ । कार्यालय स्थापना गर्न आर्थिक अभाव रहेको सस्थाका अध्यक्ष दया बहादुर सिलवाल बताउनु भयो ।
कार्यक्रममा संघका प्रमुख सल्लाहकार विमल बहादुर शाक्य,सल्लाहकार सुरेन्द्र कुमार शाक्य लगायतले समाजमा संघले अनुकरणीय कार्य गर्दै आइरहेकाले सबैको सहयोग जरुरी रहेको औल्याउनु भयो ।
रक्तदानकार्यक्रम संयोजक मन्जु गिरीको स्वागत र सचिव महेश खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij