सुरक्षा पहरामा करिडोरको शिलान्यास गरिदै :स्थानियको विरोध कायमै

सुरक्षा पहरामा करिडोरको शिलान्यास गरिदै :स्थानियको विरोध कायमै

बुटवल – रुपन्देहीको मोतिपुर बन्ने भनिएको औद्योगिक करिडोरको विषयमा स्थानियहरुको विरोध कायमै रहेपनि सरकारले सुरक्षा पहरामै शिलान्यास कार्यक्रम अघि बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज दिउसो शिलान्यास गर्ने करिडोरमा बनाईएएको मञ्च तथा शिला स्थानियले बिहिबार भत्काईदिएका थिए । त्यसपछि ठुलो संख्यामा प्रहरी परिचालन गरि रातारात निमार्ण गरिएको छ ।
औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडकका अध्यक्ष नन्दकिशोर बस्नेतले कतिपयले विरोध गरेपनि शिलन्याशको कार्यक्रम निधारित समयमै हुने बताए । उनले भने – यस अघि भत्काईएको मञ्च निर्माण भईसकेको छ, शिलान्यास हुन्छ काम पनि अगाडी बढ्छ । कसैका गुनासा भए सम्वोधन हुन्छ तर बिकासमा अवरोध गर्नु राम्रो होईन ।
स्थानीयले हिजो दिउसो भत्काई दिएको औद्योगिक करिडोरको कार्यक्रम स्थलको मञ्च भने आयोजनाले पुनः निर्माण गरेको छ । स्थानीयको समुहले आफुहरुको जग्गामा करिडोर बनाउन लागेको भन्दै सिलान्यास समारोहका लागि तयार गरिएको मन्च र सिलालेख स्तम्भ भत्काई दिएको थियो ।
बिहिवार दिउसो पुगेको समुहले आयोजनाका कर्मचारी तथा मन्च निर्माण गरि रहेका कामदार माथी हुलहुज्जत गरि कार्यक्रमका लागि तयार गरिएको टेण्ट भत्काई दिएको आयोजनाले जनाएको छ । करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र बनाउने तयारी गरीएको उक्त करिडोरमा झण्डै ३ सय घर परिवार प्रभावित भएको पिडित मध्येका वावुराम घिमिरेले बताए । उनले भने – अहिले सुरक्षाकर्मी लिएर शिलन्यास त गरिएला तर हामीलाई घरवार बनाएर उद्योग कसरी चल्न सक्ला त्यो पनि हामीले हेर्ने छौं ।

 

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij