मोतिपुर -मोतिपुर औद्योगिक क्षेत्रको आज शिलान्यास भएको छ। जनताका विरोधकाबीच अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन। बाक्लो सुरक्षाकर्मीको माझ पुगेका अर्थमन्त्री विष्णु पौडेलको गाडी माथि स्थानिले ढुंगा प्रहार गरेका थिए। स्थानियको नाराबाजी विच अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे।शिलान्यास कार्यक्रमलाई बिरोध गर्न मोतिपुर क्षेत्रका स्थानियले कार्यक्रम स्थलमा विहानैदेखी प्रदर्शन गरेका थिए।
समारोहमा वरिपरी नाराबाजी भइरहदा मन्त्री भट्टले बिरोधले बिकास नहुने भन्दै यस क्षेत्रको बिकासको लागी औद्योगिक क्षेत्र महत्वपुर्ण भएको बताए। अर्थमन्त्री पौडेलले बोल्न सुरु गरे लगत्तै आक्रोशित जनताले विजुलीको लाइन काटिदिएपछि पौडेल सम्बोधन बीचमै रोकियो। कार्यक्रम सकेर निस्कदाँ पनि पौडेल चढेको गाडीमा स्थानियले ढुंगा प्रहार गरेका थिए।
यसैबिच कार्यक्रम सकिए लगत्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको शिलान्यास स्तम्भ भत्काएका छन्।
आँफूहरुले जोतभोग गरेको जग्गा औद्योगिक क्षेत्रको नाममा गएको भन्दै मोतिपुर क्षेत्रका स्थानिले सुरुदेखी नै विरोध जनाउँदै आएका थिए। शिलान्यास कार्यक्रम तय भएपछि जसरी पनि अवरोध गर्ने चेतावनी दिएका थिए। विहिबार राती कार्यक्रम स्थलको मञ्च समेत उनीहरुले भत्काइदिएका थिए।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्