भारतमा एकैदिन १ लाख ३१ हजारभन्दा बढीमा संक्रमण पुष्टि, ८०२ जनाले ज्यान गुमाए’

भारतमा एकैदिन १ लाख ३१ हजारभन्दा बढीमा संक्रमण पुष्टि, ८०२ जनाले ज्यान गुमाए’

काठमाडौँ – भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यो कोरोना देखिएयता एकैदिन संक्रमण पुष्टि भएको सबैभन्दा बढी हो ।

कोभिड १९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार पछिल्लो २४ घन्टामा १ लाख ३१ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा लद्दाखमा थपिएका संक्रमित जोडिएका छैनन् । योसँग भारतमा संक्रमितको संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ ।

दैनिक नयाँ संक्रमित थपिने क्रममा पनि संसारभर भन्दा भारतमै बढी छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ८९ हजार २९३, अमेरिकामा ८० हजार १६१ र टर्कीमा ५५ हजार ९४१ जनामा कोरोना देखिएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij