आईसीयू बेड कुर्दाकुर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड संक्रमितको मृत्यु

आईसीयू बेड कुर्दाकुर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड संक्रमितको मृत्यु

बुटवल – रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि एक जना कोरोना संक्रमित आईसीयू बेड नपाएर ज्यान गुमाएका छन् । संक्रमितले २४ घण्टादेखि अस्पतालको इमर्जेन्सीमा बसेर बेडको प्रतीक्षा गरेपनि खाली नभएपछि आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल ११ का ८३ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि बैशाख १५ गते अस्पताल पुर्‍याइएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ गते स्वाव संकलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएसँग बेडको प्रतीक्षामा इमर्जेन्सीमा अक्सिजनको सहायतामा राखिएकामा उनको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार, लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्यधिक भीड भएपछि हाल फिबर क्लिनिकसहित इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको छ । कोरोना विशेष अस्पताल र भिम अस्पतालका सबै बेड भरिएपछि लुम्बिनीले फिबर क्लिनिक र इमर्जेन्सीलाई समेत कोरोना उपचारमा प्रयोग गरेको हो । अघिल्लो हप्ता पनि देवदह नगरपालिकाका वडाध्यक्षका श्रीमतीको आईसीयू नपाएर फिबर क्लिनिकमा ज्यान गएको थियो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij