भैरहवा-नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन् । कांग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाइ अस्थायी रुपमा आवासको लागि दिइएको कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले जानकारी दिए ।
कोरोना महामारी बढिरहेको अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको अवस्थामा यस अघि नै कांग्रेस रुपन्देहीले दुईतले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितको लागि आइसोलेशन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
सोही बमोजिम भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको महामारीका बेला बस्नलाई भएको असुविधालाई मध्यनजर गरी बेड समेत तयार पारी आवासको रुपमा प्रयोगमा ल्याइएको रज्जाकले जानकारी दिए । आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सके र अन्य स्वास्थ्य संस्थाले समेत प्रयोगमा ल्याउन सक्ने समेत उनले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्