काठमाडौं । बेलायतमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने वैज्ञानिकले चेतावनी दिएका छन् । बेलायत सरकारका सल्लाहकारसमेत रहेका वैज्ञानिक रवि गुप्ताले यस्तो चेतावनी दिएका हुन् ।
क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापकसमेत रहेका उनले बेलायत सरकारलाई पछिल्लो पटक यससँग सम्बन्धित ३ हजार ३ सय ८३ जना नयाँ संक्रमित भेटिएको भन्दै संभावित संकटबारे सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
तेस्रो लहर निम्त्याउन सक्ने कोरोनाका बेलायती भेरियन्टहरू परिवर्तन हुने क्रम जारी नै रहेकोले अवस्था खराब हुनसक्ने गुप्ताले बताए । उनका अनुसार हाल बेलायतमा देखा परिरहेका संक्रमितहरूको संख्या थोरै भएपनि ती संक्रमितहरूलाई भारतीय प्रजातिका संक्रमितहरूका कारणले बल पुग्नेछ ।
जसकारण बेलायतमा कोभिडको तेस्रो लहरको सुरूवात हुन सक्ने अवस्था रहेको छ, उनले भनेका छन् । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको कोभिड-१९ को भेरियन्टलाई निकै खतरनाक भनिएको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्