बुटवल – रुपन्देहीमा जारी निषेधाज्ञा खुकुलो बनाईएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्न पाईने भएको छ । माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामाग्रिका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न पाईनेछ ।
यस्तै, अन्य प्रकृतिका व्यबसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन पाईनेछ । तर, सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा भने रोक लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्