बाइडेनले गरे अमेरिकी सेना फर्काउने निर्णयको बचाउ

बाइडेनले गरे अमेरिकी सेना फर्काउने निर्णयको बचाउ

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फर्किरहेको गतिको समेत बचाउ गरेका छन् । तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले पछिल्लो प्रतिक्रिया जनाएका हुन् ।

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको थियो । यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने बाइडनले समय सीमा तोकेका थिए ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेको थिए । तर गत ज्यानुअरीमा पदभार ग्रहण गरेपछि बाइडनले त्यो समय सीमालाई केहीपछि धकेलिदिएका थिए । ह्वाइट हाउसबाट गरिएको सम्बोधनका क्रममा उनले तालिबानको अधिग्रहण अपरिहार्य रहेको भनाइ अस्वीकार गरेका छन् ।

झन्डै ३००,००० अफगान सुरक्षा फौजका अगाडि ७५,००० लडाकु रहेको तालिबानको मेल नरहेको उनको भनाइ छ । अमेरिकी सेना पूर्ण रूपमा फर्किए पनि ६५० देखि १,००० अधिकारी भने अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य सरकारी पूर्वाधारहरूको रक्षार्थ अफगानिस्तानमै बस्ने ठानिएको छ ।

यसै साताको सुरुवातमा आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एट्लान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बताएको थियो । -बीबीसी

प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij