जैविक मार्गमा म्याराथुन मार्चको तयारी

जैविक मार्गमा म्याराथुन मार्चको तयारी

महेन्द्रनगर : भीमदत्त नगरपालिकाले पुस १५ गते रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मार्गमा आयोजना गर्ने म्याराथुन मार्च (हाफ म्याराथुन) प्रतियोगिताका लागि सर्वंपक्षीय बैठक आयोजना गरेको छ । भीमदत्त नगरपालिका सामाजिक विकास समितिले प्रतियोगिताका लागि सुझाव लिन नगरपालिका कार्यालयमा बैठक गरेको छ ।

समितिका सभापति हरक सिह धामीको सभापतित्वमा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङ्गको प्रमुख र भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा समन्वय समितिका उप संयोजक सानुबुड थापा महरा, पूर्व नगर उप प्रमुख ईश्वरी खरेल, समाजसेवी धर्मराज जोशी, नं. २५ बाहिनीका बाहिनीपति शरद ढकाल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रहरी उपरीक्षक कुबेर कडायत सहित विभिन्न शिक्षण संस्था, गैर सरकारी संस्थाका प्रतिनिधि, अधिकारकर्मी सहभागी भएका छन् ।

सहभागीहरुले भीमदत्तका नगर प्रमुख विष्टले जैविक मार्ग निर्माण सहित नगर क्षेत्रमा विभिन्न विकास निर्माणका कार्य अघि बढाएकोमा खुसी व्यक्त गर्र्दै म्याराथुन मार्चका लागि पूरा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि समन्वय समितिका संयोजक तामाङ्गले स्थानीय तह निर्वाचनपछि नगर क्षेत्रमा विकास निर्माणका कार्यले तीव्रता लिएको उल्लेख गरे ।

‘नगर क्षेत्रमा विकास निर्माणका कार्य भएका छन्, मेयरसापले विकास निर्माणलाई प्राथमिकता दिएर अघि जानु भएको छ,’ उनले भने,‘ जैविक मार्ग विकासको राम्रो उदाहरण हो, यसमा म्याराथुन हुँदैछ, त्यसका लागि सक्दो सहयोग गर्छौै ।’

भीमदत्तका नगर प्रमुख विष्टले भीमदत्तलाई समृद्ध नगर बनाउने लक्ष्य अनुसार जैविक मार्गमा म्याराथुन आयोजना गर्न लागिएको बताए ।

‘भीमदत्त नगरपालिकाको समृद्ध र विकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण खम्बाको रुपमा छ, स्थानीय तह निर्वाचनपछि जन निर्वाचितहरुले नगर समृद्धिको नारा बोकेर अघि बढेका छौ’ उनले भने,‘त्यसैले खेल पर्यटनका माध्यमबाट समृद्ध नगर बनाउने लक्ष्य लिएर जैविक मार्गमा म्याराथुन आयोजना गरिरहेका छौ, यसका लागि सबै क्षेत्रबाट सहयोगको आशा राखेका छौ ।’

पूर्णागिरी माताका दर्शनार्थीहरुलाई जैविक मार्ग भएर झिलमिला ताल, भम्केनी, रौटेला, विष्णु मन्दिरसम्म पुगाउन सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने नगर प्रमुख विष्टको भनाई थियो ।
पर्यटन प्रवद्र्धनका लागि डडेल्धुराको परशराम नगरपालिकासित समझदारी गरिएको उल्लेख गर्दै उनले नगरको समृद्धिका लागि सबै क्षेत्रसित सहकार्य गरी जानेमा जोड दिए ।

कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शेर बहादुर चन्द, महेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक देबेन्द्र चन्द, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष भवानी चन्द, अमर सहित माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिश प्रसाद जोशीले म्याराथुन प्रतियोगितालाई सफल बनाउन सुझाव दिए ।

भीनपा शिक्षा शाखा प्रमुख उप सचिव पदमराज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए । बैठक समापन गर्र्दै सामाजिक विकास समितिका सभापति धामीले पर्यटन प्रवद्र्धन, चुरे संरक्षण, घाँडीघाँच क्षेत्रको विकासका लागि जैविक मार्ग निर्माण गरिएको उल्लेख गर्दैै म्याराथुन प्रतियोगितामा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

म्थाराथुनका लागि भीनपा नगर प्रमुख विष्ट संरक्षण र उप नगर प्रमुख सुशिला चन्द सिह सह संरक्षक रहने गरी सामाजिक विकास समितिका सभापति धामीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij