बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोख्रेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका छन् ।
उनीविरुद्ध कांग्रेस, माओवादी, जसपालगायतको गठबन्धनले अविश्वासको प्रस्ताव दिएका छन् । उक्त प्रस्ताव आज नै निर्णयार्थ प्रस्तुत गर्ने तयारी संसद् सचिवालयको छ ।
गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ ।
प्रकाशित मिति : बुधबार, साउन २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्