संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसद अन्र्तगत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछन्।

दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले समय लिएर बोल्दै छन्।   राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस संक्रमणको अहिलेको अवस्था र नियन्त्रणका लागि सरकारी प्रयासको बारेमा जानकारी गराउने तयारी भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
कोरोना भाइरसविरुद्ध अहिलेसम्म प्राप्त खोप, लगाइएको विवरण र थप खरिदका लागि भएका सम्झौताका विषयमा पनि उनले बताए।

यस्तै बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको स्टान्डर्ड नाप र तौल पाँचौ शंशोधन विद्येयक २०७६ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा बैठक बिहान ११ बजे बस्नेछ।

 

प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij