हैटीमा गएको भूकम्पमा परि कम्तीमा तीन सय जनाको ज्यान गयो, १८ सय भन्दा धेरै घाइते

हैटीमा गएको भूकम्पमा परि कम्तीमा तीन सय जनाको ज्यान गयो, १८ सय भन्दा धेरै घाइते

काठमाण्डाै – हैटीमा गएको भूकम्पमा परेर कम्तीमा तीन सय जनाको ज्यान गएको छ । ७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर १८ सयभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उद्धार चलिरहेको छ । ज्यान गुमाउने र घाइतेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पमा परेर हजाराैँ भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । प्रधानमन्त्री एरियल हेनरीले आपत्कालीन अवस्थाको घोषणा गर्नुभएको छ । उहाँले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपिल गर्नुभएको छ ।

सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो ।

प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij