लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

बुटवल- लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

गत साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावका लागि बोलाइएको विशेष अधिवेशन तत्काल अन्त्य भएको थियो । पोखरेलले राजीनामा दिएपछि चार दलीय गठबन्धनबाट साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । आह्वान भएको अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij