बुटवल-नेपाली काँग्रेस बुटवल नगरसमितिले बुटवलको ज्योतीनगर–लक्ष्मीनगर क्षेत्रका पहिरो प्रभावितहरुलाइ तत्काल राहत प्याकेज उपलब्ध गराउन प्रदेश सरकारसंग माग गरेको छ । काँग्रेसको बुटवल उपमहानगर समितिले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाइ ज्ञापन पत्र बुझाउँदै पहिरो प्रभावितहरुलाइ अल्पकालिन र दीर्घकालिन राहत प्याकेज सहित उचित व्यवस्थापनको माग गरेको हो ।
मुख्यमन्त्रीलाइ ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका सभापती खेलराज पाण्डेले जनताको जनजीवीकाका बिषयलाइ गम्भिरतापूर्वक लिन र सम्बोधन गर्न मुख्यमन्त्री केसीलाइ आग्रह गर्नुभयो । पहिरो प्रभावितहरुलाइ प्रदेश सरकारका तर्फबाट तत्काल राहत र व्यवस्थापनमा ध्यान दिनु पर्ने,तिनाउ दानव नदिको कटानलाइ मध्येनजर गर्दै तटबन्धनको प्रबन्ध मिलाउन,राजमार्ग चौराह देखि गोलपार्क सम्मको सडक मर्मत सम्भारमा ध्यान दिन काँग्रेसले माग गरेको छ ।
बुटवल राजमार्ग चौराह–गोलपार्क खण्डमा ठुलठुला खाल्डाखुल्डी र धुलोले दुर्घटनाको जोखीम बढ्नुकासाथै प्रदुषणले नगरबासीको स्वास्थ्य जोखीमा परेको भन्दै काँग्रेस नगरसभापती पाण्डेले प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको हो । काँग्रेसले वेलवास–वेथरी सडक निर्माण छिटो सक्न,नजिकीदै गरेका चाडपर्वको समयमा हुनसक्ने मुल्यबृद्धि,खाद्यबस्तुमा हुने मिसावट तथा कालोबजारीलाइ रोक्ने तर्फ ध्यान दिन प्रभावकारी अनुगमन निरीक्षणको व्यवस्था गर्न पनि माग गरेको छ ।
ज्ञापन पत्र बुझदै मुख्यमन्त्री केसीले पहिरो पिडीतलाइ राहत,उद्यार र व्यवस्थापनलाइ प्राथमिकता दिएर तथ्याङ्क संकलन गरीरहेको बताउनु भयो । चाडपर्व अघि नै राहत प्याकेज पहिरो प्रभावितहरु समक्ष पुर्याउने प्रतिबद्धता मुख्यमन्त्री केसीले जनाउनु भयो । ‘राहत तथा पुनःस्थापनाकालागि जिल्ला प्रशासनलाइ तथ्याङ्क संकलनको निर्देशन दिइसकेका छौं,सरोकारवाला बिच बैठक राखेर थप छलफल गर्दैछौं, केही दिन भित्रैमा प्रभावितहरुले त्यसको अनुभुती गर्नुहुनेछ’ मुख्यमन्त्री केसीले भन्नुभयो । शहरी विकास तथा पर्यटन मन्त्री डिल्ली चौधरीलाइ पनि सोही ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको काँग्रेस नगरसचिव छाँया पोखरेलले बताउनु भयो ।
प्रकाशित मिति : मंगलबार, असोज १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्