लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं – एमालेको विधान महाधिवेशनका कारण लुम्बिनी प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन् ।

यसअघि सूर्य चिन्हबाट चुनाव लडेका र कारबाहीमा परेका २ सांसदलाई पद मुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गरिरहेको थियो । यही कारण यसअघि ३ पटक बोलाइएको बैठक स्थगित भएको थियो ।

प्रदेश सभा बैठक अब असोज २० गते बुधवार दिउँसो १ बजे बस्ने छ।

प्रकाशित मिति : बुधबार, असोज १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij