कञ्चन-रुपन्देहीको कञ्चन गाउँपालिकामा फेरी एक महिलाले बुधवार झुण्डिएर आत्महत्या गरेकी छिन। इलाका प्रहरी कार्यलय,रुद्रपुरका अनुसार कञ्चन गाउपालिका वाड न ५ भैसाइ मालिका टोल बस्ने ५२ वर्ष की फुलकुमारी थरुनीले आफ्नै घर नजिकै रहेको अमलाको रुखमा झुन्डियर आत्महत्या गरेकी हुन। थरुनीले अमलाको रुखमा साडीको पासो लगाएर झुन्डिएको अबस्थामा घरका परिवारले फेला पारेपछि बुधवार बिहान ५ः३० बजे जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ। ।
मृतक थरुनी मंगलवार राती देखि परिवारको सम्पर्क नरहेको र बिहान अमलाको रुखमा पासो लगाई झुण्डिएको अबस्थामा स्थानियले फेला पारेको ईलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ। फुलकुमारीको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय,सालघmण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए।
प्रकाशित मिति : बिहिबार, असोज १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्