JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार रोकियो

लुम्बिनी प्रदेशमा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार रोकियो

बुटवल –लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भए पनि थप गृहकार्यका लागि भन्दै मन्त्रीको नियुक्ति प्रकृया रोकिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका थिए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले केही गृहकार्य बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार र शपथ रोकिएको  बताए ।

नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहँदा नेपाली काँग्रेसमा देखिएको खटपटका कारण शुक्रबार मन्त्री नियुक्त हुन नसकेको उनको भनाइ छ । काँग्रेसका प्रमुख सचेतक फुखरुदिन खानले काँग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएका कारण शुक्रबार मन्त्री नियुक्त हुन नसकेको बताए ।

सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् । यस्तै नेकपा ९एकीकृत समाजवादी० बाट रमा घर्ती मन्त्री बन्ने लगभग निश्चित भइसकेको छ । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ । उनी केही अघि एमाले र माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । पछिल्लो समय उनले माओवादी केन्द्र रोजेकी हुन् ।

काँग्रेसले पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ । वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको थियो । तर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ भने काँग्रेसको भागमा परेको राज्य मन्त्रीमा पनि धेरै आकांक्षी भएका कारणले मन्त्रिपरिषद विस्तार रोकिएको हो ।र्

प्रकाशित मिति : शुक्रबार, असोज २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij