मोतिपुर-रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आन्दोलनकारी र सुरक्षाकर्मी बिच झडप हुँदा आइतबार चारजना सर्वसाधारणको मृत्यु भयो । चाडपर्वको मुखमा प्रहरीले सुकुम्बासीमाथि ज्यादती गरेको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ । आइतबार बिहानैदेखि तनावग्रस्त बनेको बुटवलको मोतीपुरमा कर्फ्यु आदेश जारी गरिएको छ । यसको सबै भन्दा मारमा स्थानिय परेका छन् । स्थानियले आक्रमण गरे भन्ने आम बुझाइ छ, यसमा स्थानीयको सहभागिता नभएको स्थानियले बताएका छन् । यो घटनामा नारा जुलुस , ढुगां हान्ने,आगो लगाउने जस्ता क्रियाकलापहरु भए,यसको मारमा स्थानीय परेका छन् ।
सबैको बुझाइमा प्रहरी र स्थानियको झडप भन्ने भयो आफनो टोलमा आएर ढुंगा मुडा गरे तर पनि स्थानियले प्रतिकार गर्न सकेनन् ।त्यहि झडपमा स्थानियलाई ढुंगाले लाग्यो घाइते भए,तर त्यहाँ स्थानिय पनि निरीह भए जुन मास बाहिर बाट आएको हो , त्यो भिडले स्थानीयलाइ ओझेलमा पार्यो ।
अतिक्रमणकारी जबरजस्ति घरभित्र आएर घुसे सुरक्षाकर्मिले किन बस्न दिएको भन्दै टार्गेट बनाए दुव्यबहार गरे । धेरैको भ्mयाल ढोका फुटेका छन् साइकल फोडिएको छ, कतिपय घर बाहिर निस्कन सकेनन् ,काममा जान सकेका छैनन् मानसिक तनावको कुनै मुल्य छैन कतिपयले रातभरि पनि फेरी त्यसै किसिमको झडप हुन्छ कि भनेर निदाउन समेत सकेनन् ।
आइतबारको झडपमा दुबै पक्षको आक्रमणमा आन्दोलनकारीलाई प्रहरीले लखेटछ, स्थानियको घरमा आन्दोलनकारी जबरजस्ती घुस्छन् ,आन्दोलनकारीलाई किन राखिस भन्दै प्रहरीले टार्गेट स्थानियलाई नै गर्छ, हामि दोहोरो मारमा परेका छौँ ,स्थानिय माया जोसीले बताइन् । यस अर्थमा बुटवल १७ का स्थानियहरुले दोहोरो आरोप मात्रै खाएका छन् ।
स्थानीय रिना बरालका अनुसार तिन घण्टा बिच बाटो मै रोकिन पुगिन घर जानु पाइनन्। सधैँ हिडने बाटो हिड्न रोक लगाइयो।,साझ कर्फु लाग्यो,साँझ परेपछि मात्रै घर पुग्न सफल भएँ,अब के हुने हो भन्ने डरले सताएको छ ।यसले गर्दा मानसिक तनाव धेरै भयो ।
स्थानीय लक्ष्मी पोखरेलले महिनौंदेखि मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण शुरु भएपनि प्रशासनले समयमा रोक्न नसकेको र अहिले आएर सबैले स्थानीयलाई दोष दिएका छन, यो घटनाले हामीलाई घरबाट बाहिर निस्किन पनि डर भएको छ ।
स्थानीय टोल समितिका लक्ष्मी रेस्मीले आफूहरु अतिक्रमणकारी र प्रहरी दुवैको चपेटामा परेको गुनासो गरिन । ‘स्थानयिहरु जग्गा कब्जा गर्न कोहि पनि गएका छैनन्, प्रहरी आएर लखेट्छ, उनीहरु भाग्छन् । हामीहरुलाई सधैंको तनाब भयो यसले गर्दा आनन्दले निदाउन पनि सकिदैन ,आन्दोलनकारीले पनि हामिलाई टार्गेट गराएका छन् ।’, उनले भनिन् ।
नेपाली कांग्रेस वडा नम्बर १७ मान बहादुर गुरुङले औद्योगिक औद्योगिक क्षेत्र कारण स्थानीयमा आएको विवाद समाधान भइसकेपछि त्यहीं आयोजना रोक्नका लागि जग्गा अतिक्रमणको योजना बनाइएको बताए । ‘औद्योगिक क्षेत्र राख्नका लागि यहाँका स्थानीयको कुनै विरोध छैन, जग्गा रोक्न यहाँका मान्छे गएका पनि छैनन्, सबै बाहिरबाट आएका छन्, सबै मिलेर उनीहरुको पहिचान गरौं’, उनले भने ।
बुटवल वडा नं १७ का अध्यक्ष सन्तबहादुर रानाले स्थानीयले शुरुदेखि नै अतिक्रमणको विरोधमा छन् , अहिले ठूलो गिरोह पनि बाहिरबाटै आएकाले समस्या भएको बताए ।
प्रकाशित मिति : सोमबार, असोज २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्