बुटवल -गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस कमजोर हुँदा लोकतन्त्र र नागरिक अधिकार कमजोर हुने भएकाले अपसी सहमती र एकताबाट पार्टीलाइ मजबुद बनाउनु पर्ने बताउनु भएको छ । नेपाली काँग्रेस रुपन्देहीले मंगलबार साँझ भैरहवामा आयोजना गरेको नवनिर्वाचित जिल्ला,क्षेत्र,नगरको नेतृत्व तथा महासमिति, महाधिवेशन र प्रदेश प्रतिनिधि बिच सुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताउनु भएको हो ।
संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने उहाँले बतानु भयो । आपसी एकतालाइ टुटन नदिइ राष्ट्र र जनताको समृद्धिमा पार्टीलाइ गतिशिल बनाउनु नै बर्तमान नेतृत्वको महत्पूर्ण उपलब्धी भएको बताउनु भयो ।
गृहमन्त्री खाँणले देश भित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटक पटक प्रहार गरीरहँदा पनि पार्टीलाइ एकताबद्ध कायम राख्नु नै काँग्रेस नेतृत्वको ठुलो उपलब्धी भएको दावी गर्नु भयो । १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन गरेर देशैभरी सकारात्मक सन्देश र उर्जा प्रवाह गरेको बताउनु भयो । कार्यकर्ता मिल्दा पार्टी बलियो हुने भन्दै उहाँले नेताहरुले त्यसमा सकारात्मक भुमिका खेल्नु पर्ने बताउनु भयो । नेता खाँणले लुम्बिनी प्रदेशमा पनि सर्बसम्मत नेतृत्व चयनकालागि आफुले पहल गरीरहेको र त्यसमा सफल हुने बताउनु भयो ।
सार्वजनिक लेखा समिति सभापती तथा काँग्रेस नेता भरत शाहले शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसलाइ निशूल्क गर्ने तर्फ काँग्रेसले ठोस कदम चाल्नु पर्ने बताउनु भयो । रुपन्देही जिल्ला सहित देशैभरी रहेको सुकुम्बासी समस्या समाधानकालागि तत्काल पहल कदम चाल्न गृहमन्त्री खाँण मार्फत उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । नेता शाहले लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा पनि सोही कार्यक्रमा गर्नु भयो । नवनिर्वाचित जिल्ला सभापति रामकृष्ण खाँणले जिल्लामा सर्वसम्मत नेतृत्व चयनमा भुमिका खेल्ने नेताहरुलाइ धन्यवाद दिदै आफु कुनै प्यानलको नभइ साझा सभापतीको रुपमा काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा संविधान सभा सदस्य राजु खनाल, राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे,निर्वमान जिल्ला सभापती अब्दुल रज्जाक, लगायतले शुभकामना दिनुभयो ।
प्रकाशित मिति : बुधबार, मंसिर १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्