कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औं महाधिवेशनअन्तर्गत गत मंसिर २७ गते दुई पदका लागि भएको मतदानको मंगलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २६७ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै महेन्द्रकुमार शर्माले एक हजार ७७३, लेखनाथ पोखरेलले एक हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यसैगरी केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ शिला शर्मा खड्का दुई हजार ६७३ मत प्राप्त गरी विजयी भएकी छन् । यस्तै रीता सेन ओलीले एक हजार ४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, पुष ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij