दाङ – तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण गाउँपालिका-६ श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ४ बजे दंगिशरण-६ का करिब ३३ वर्षीय सुमन केसीलाई गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
मृतकका आफन्तले दोषीको पहिचान र कारबाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन्। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, पुष १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्