‘द भ्वाइस किड्स’को उपाधि टिम प्रमोदका जेनिश उप्रेतीलाई

‘द भ्वाइस किड्स’को उपाधि टिम प्रमोदका जेनिश उप्रेतीलाई

हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए । उपाधि जितेपछि जेनिशले भने–‘मलाई परिवारले एकदमै साथ दिनुभएको छ । मलाई गाइड गर्ने सबै कोचहरुलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु । मैले ममीको सपना पुरा गर्न सकेकोमा गर्व गर्न चाहन्छु । दर्शकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’

६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको योे रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

२० भागसम्म चलेको यो शोलाई दर्शकले अत्याधिक माया गरेका थिए । यसैविच, ‘द भ्वाइस किड्स’ सफलतापूर्वक सम्पन्न भएसँगै हिमालय टीभीले ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको अडिसन मंगलबारबाट सुरु हुने जनाएको छ ।

यस्तै, ‘डान्सिङ स्टार्स अफ नेपाल’को दोश्रो सिजन पनि हिमालय टीभीबाट चाडै नै प्रशारण हुने कार्यक्रममा जानकारी दिइयो ।

प्रकाशित मिति : आइतबार, माघ २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij