दाङ आगलागी : मृतक पाँचैजनाको पहिचान खुल्यो

दाङ आगलागी : मृतक पाँचैजनाको पहिचान खुल्यो

काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित एक घरमा भएको आगलागीमा परी मृत्यु भएका पाँचैजनाको पहिचान भएको छ।

 

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अलीको मृत्यु भएको छ। उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएको अर्यालले बताए।

शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होलेसल पसल तथा गोदाममा पनि क्षति पुगेको छ।

राति सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति भएको प्रहरीले बताएको छ। डिएसपी अर्यालका अनुसार विद्युत्‍को मिटर पड्किएर आगो लागेको अनुमान गरिएको छ। बिहीवार राति २ बजेखि लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताए।

घोराही उपमहानगरपालिकाको दमकलसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी आगो निभाउन खटिएका थिए।

प्रकाशित मिति : शुक्रबार, माघ २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij