बुटवल – बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । माेर्चामा सहभागि नेता-कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु,नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन् ।
उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । आज नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् । सडकमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उीक्षक ठगबहादुर केसीले बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्