परियोजना नेपालको जलविद्युत क्षेत्रका लागि उपयोगी छ: गृहमन्त्री खाँण

परियोजना नेपालको जलविद्युत क्षेत्रका लागि उपयोगी छ: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई एमसीसीले बलियो बनाउने बताउनु भयो । सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देहीको ६३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खाँणले एमसीसी परियोजना नेपालको जलविद्युत क्षेत्रका लागि भएकोले नेपालमा उत्पादित विद्युत्लाई खेर जान नदिएर रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्ने खालका नयाँ क्षेत्रको लगानीको अवसर आउने बताउनु भयो । ‘जुन योजनाले देशको समृद्धि र विकास हुन्छ, त्यही योजनाले राष्ट्रलाई कमजोर बनाउँछ भन्नु गलत हो भन्नु भयो।

 

उहाँले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै खाँणले,‘जुन प्रधानमन्त्रीले एमसीसी परियोजना पास गर्ने भनेर संसद्मा ल्याए, उनैले योजनाको पक्षमा भोट हाल्न डराएको आरोप लगाउनु भयो। एमसीसी संसद्मा टेबल हुँदा कांग्रेसलाई पास पनि गर्ने र गठबन्धन सरकार पनि बचाउने राजनीतिक जिम्मेवारी भएको बताउनु भयो । ‘यस्तो बेला संवेदनशील तरिकाले सबैको सहयोगमा एमसीसी पास गरिएको छ’,। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा उद्योगी व्यावसायिकहरुको चाहाना अनुसार एमसीसी पास गरिएको बताउनु भयो।

 

एमसीसी पास भएसि देशले एक किसिमले मुक्ति पाएको बताउनु भयो । ३ वर्ष अगाडी एमसीसी प्रस्ताव पास भएको भए आधा काम सम्पन्न भइसक्थ्यो, । एमसीसी पारित गर्न सहयोग गर्ने उद्योगी व्यावसायिक सबैलाई धन्यवाद दिनुभयो । गृहमन्त्री खाँणले कुनै पनि बहानामा हिंसा र द्वन्द्व स्वीकार्न नसकिने बताउनु भयो प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले रोजगार दिने पुँजी आवश्यक भएको बताउनु भयो । उहाँले भने, ‘उद्योगको रक्षा गर्ने हाम्रो एजेण्डा हुनुपर्छ ।

 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कम राजस्व लिनेमध्ये सिद्धार्थनगर नगरपालिका पर्ने बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले उद्योगी व्यवसायी आतंकित भएको जस्तो देखिएको बताउनु भयो । उद्योग वाणिज्य महासंघका एसोसियटतर्फका उपाध्यक्ष रामचन्द्र संगाईले उद्योग व्यवसायमैत्री वातावरण बनाउनुपर्ने बताउनु भयो । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योगी व्यवसायीलाई काम गर्ने वातावरणको सिर्जना हुनुपर्ने बताउनु भयो ।

 

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले बजार अनुगमन गर्न जाँदा त्यस क्षेत्रको उद्योगी व्यवसायीको सहभागिता हुनुपर्ने बताउनु भयो । महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले व्यापार घाटा बढ्दै गएको बताउनु भयो । रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण राम्रो हुन नसकेको बताउनु भयो । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । संघका महासचिव विजय पाण्डे र सचिव दिपेन्द्र प्रधानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij