नेपाल महिला संघ बुटवल वडा नं. १८ मा समिति गठन

नेपाल महिला संघ बुटवल वडा नं. १८ मा समिति गठन

बुटवल-नेपाल महिला संघ बुटवल उपमहानगरपालिका वडा नम्बर १८ कार्य समिति गठन गरिएको छ । मोतिपुरमा आयोजित एक भेलाबाट विन्दु शर्माको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति गठन गरिएको हो । नवगठित समितिको उपसभापतिमा तुल्सा न्यौपाने,शोमा घिमिरे, सचिव  नविता घिमिरे ,सह-सचिवमा दुर्गा खनाल कोषाध्यक्षमा उमा पुलामी मगर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सृजना ढकाल,बेनुकला न्यौपाने,कला खनाल,सृजना भण्डारी,सरीता भण्डारी,जमुना खनाल,माया ढकाल ,कृष्ण अर्याल,देवी अर्याल ,देवीमाया मर्साङ्गी,सुविक्षा खनाल,मेनुका चौधरी,जमुना कुमाल ,सुस्मा पुन, सिता खाम्चा,रुपा पाण्डे ,अनु भट्टराई,शोभा खनाल ,सिता खनाल र बिन्दु कोइरला रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस महासमिति सदस्य जमुना ढकालले पार्टीलाई दृढ बनाउनका लागि सबै लागि परेको बताउँदै महिलाहरूको भुमिका त्यसमा उल्लेखनीय रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथी प्रदेश ३ ९ख० का सभापति घनश्याम चालिसे ले अब स्थानीय चुनाव मा केन्द्रित भई संगठन लाई चुस्त दुरुस्त बनाउने र पार्टी लाई जिताउन अब एक हुनुपर्ने बताए।उनले स्थानीय निकायको निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने खालका अभियान संचालनमा गनुपर्नेमा जोड दिए। कार्यक्रम वुटवल उपमहानगरपालिका वडा नं।१८ नेपाली काग्रेस वडा कार्य समितिका सभापति हुमराज ढकालको सभापतित्व एवम वडा कार्यसमिति सचिव शेषकान्त अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij