बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रुपमा बिकास गर्छु : खेलराज पाण्डे

बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रुपमा बिकास गर्छु : खेलराज पाण्डे

यहाँको सुकुम्वासी समस्या समाधान मेरो मूल मुद्दा हुनेछ ।

  • मेयरका उम्मेदवार पाण्डे नेपाली काँग्रेसको नगरसभापतीको  रुपमा तीन कार्यकाल नेतृत्व गरीसकेका छन । बुटवल नगरपालिकाको मेयरका उम्मेदवार खेलराज पाण्डे काँग्रेस भित्र मात्रै होइन बुटवल बासी माझ नै  सरल र सहज स्वभावका नेताको रुपमा परिचित हुनुहुन्छ । पदमा हुँदा र नहुँदाका अवस्थामा पनि उहाँ समग्र नगरबासीको सुख्ख दुख्खमा सरीक हुने जनताको घरदैलोमा निरन्तर पुगीरहने र सादा जीवन र सहज स्वभावका कारण उहाँ पार्टी भित्र र बाहिर पनि लोकप्रिय रहेको बुटवल नगरबासीहरु बताउँछन । २०२६ साल फागुनमा स्याङ्गजाको कालिण्डकी २ मा जन्मिनु भएका पाण्डेले पछिल्लो तीन दशक देखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न हुनुहुन्छ । २०३९ सालमा स्याङ्गजाकै आदर्श मावि स्याङजामा नेपाल बिद्यार्थी संघको सदस्य भए पछि उहाको राजनीतिक यात्रा सूरु भएको हो  ।  रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव,२०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रिय सदस्य हुनु भएका पाण्डे २०६७ सालमा नेपाली काँग्रेस बुटवल नगर सभापति हुनु भएको थियो । गत मंसिरमा सम्पन्न काँग्रेसको महाधिवेशनबाट उहाँ पुनः नेपाली काँग्रेस बुटवल नगरसभापतीमा निर्वाचित भएका हुनु भएको थियो । बुटवल उपमहानगरका मेयरका उम्मेदवार खेलराज पाण्डे संग जनता टुडेका बरिष्ठ सम्बाददता फुलु सुनारले गरेको कुराकानी

यहाँ बुटवल उपमहानगरपालिकाको मेयरमा लड्दै हुनुहुन्छ ? जनताको घरमा पुग्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
बुटवल बाट अहिले म मेयर पदमा उठेर जनतासंग प्रत्यक्ष भेटघाट हुदै गर्दा उहाँहरुले ठिक मान्छेले टिकट पाउनुभयो हामीले एक पटक तपाईलाइ अवसर दिन्छौं जिताउने छौं ढुक्क भएर लाग्नुस भन्नु भएको छ । नगरको निर्वाचन तित्नुस र हामीले चाहेको सफा सुन्दर,हरियाली युक्त र समृद्ध बुटवल बनाउनुस भनेर आर्शिवाद सुभकामना दिइरहनु भएको छ । सबैको माया पाएको छु । तपाईलाई एक पटक मौका दियौं भने राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास छ भनेर जितको सुभकामना दिइरहनु भएको छ । नगरबासीको यो माया सदभाव प्रति म आभारी छु ।

तपाइको उम्मेदवारी के का लागि ?

पार्टीको घोषणा पत्रमा सबै कुराहरु समेटिएका छन यसलाई यहाँ भन्दा लामो होला तैपनि हाम्रा मुख्य एजेण्डाको कुरा गर्दा बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रुपमा विकास गर्नु हो । त्यस्तै अर्को यहाँको सुकुम्वासी समस्या समाधान मेरो मूल मुद्दा हुनेछ बुटवलमा रहेको विभिन्न समस्या मध्य,ज्योतिनगर पहिरोले त्यँहा समस्या भएको छ,मोतिपुर औद्योगिक करिडोरको समस्या छ,तिनाउ दानव करिडोरबाट सृजित समस्याहरु देखि लिएर बेलबास बेथरी सडकका समस्या यि सबै पक्षमा हामीले समस्याको समाधान गर्न गर्नेछौं । बिभिन्न आयोजनाहरुका कारण बिस्थापितको अवस्थामा पुगेका स्थानीयहरुकालागि उचित व्यवस्था तत्काल गर्नेछौं र स्थानीयको समस्या मागलाइ सम्बोधन गरेर मात्रै आयोजनाहरुलाइ पनि अगाडी बढाउने छौ । मुलत सुकुम्बासी समस्याको समाधान गर्नेछौं ।
विगत लामो समय भयो बुटवलको राजमार्ग चौराहा देखि गोलपार्क चिडियाखोला सम्मको सडकको दुरावस्था,धुलोले बुटवलबासीको स्वास्थ्यमाा गम्भिर असर परेको छ । सडक छेउको व्यापार व्यवसाय चौपट भएको छ । भित्री सडकहरु पनि काम देखाउन भत्काएर महिनौ बर्षो अलपत्र पारीएका छन । त्यसैले यसबाट बुटवलबासीलाइ छुटकारा दिलाउँदै सडकका आयोजनाहरु समयमै निमार्ण सम्पन्न गर्न ठोस र प्रभावकारी कदम चाल्ने छु । ढल निकास र खानेपानीको समस्या समाधानकालागि प्रभावकारी काम गरी समाधान गर्नेछु । शिक्षा,स्वास्थ्य,रोजगारको क्षेत्रमा महत्वपूर्ण योजना हामीले बनाइएका छौं । हाम्रा घोषणा पत्रमा पनि छन तीनलाइ सत प्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँछु ।

सुकुम्बासी समस्या लगायत विभिन्न समस्याको कुरा गर्नुभयो यी समस्याको सम्बोधन कसरी गर्नुहुन्छ ?
सुकुम्बासी समस्याहरुको बारेमा कुरा गर्दा यसका अल्पकालीन र दीर्घकालीन उपायहरु छन् । अल्पकालीन उपायमा हामी नगरपालिकामा दर्ता प्रकृया सुरु गरेर नगरपालिका भित्र यसलाई एउटा मापदण्डमा ल्याउन सक्छौ र यसको नामसारीको प्रकृयाहरु वडाहरु मार्फत लान सक्छौ यति मात्रै गर्न सक्यौ भने धेरै समस्याहरु यसबाट समाधान हुन्छ ।यसअघि देखिएका विकृतीहरु हटेर जान्छन र दीर्घकालीन समस्या भनेको लालपुर्जा प्रदान गर्ने हो त्यो नै हाम्रो मुख्य उदेश्य हो ।स्थानिय सरकारबाट भुमि सम्बन्धी कार्यालयहरु गठन भएका छन् त्यस मार्फत कामहरुको टुंगो लगाउँछौ ।

यहाँले चुनाव जित्ने दावी गर्नु भयो त्यसका आधारहरु केके हुन ?
म हिजो पनि जनताको सुख्ख दुख्खमा साथ थिए आज पनि छु र भोली पनि रहने छु । यो कुरा मेरा नगरबासीले पनि बुझनु भएको छ । बिगत देखि मेरो उहाँहरुसंग सुख्ख दुख्खमा भेटघाट भइनै रहन्छ । कुनैपनि व्यक्ति चुनावको बेला भेटिने र अरुबेला खोजेर नभेटिने पनि हुन सक्छन् । अरु बेला कताबाट हुन्छ आफु र आफनाकालागि धनसम्पत्ती कमाउने कमाएर थन्काउने अनी नीर्वाचन आएपछि बल्ल जनताको दैलो चाहार्ने प्रबृत्ति सबैभन्दा घातक हो ।
नेता भनेको जनताको सेवक हो र हुनु पर्छ भन्ने मेरा मान्यता हो । चाहे त्यो पदमा हुँदा होस या नहुँदा होस । यहाँका जनताले यो कुरा राम्रो संग बुझनु भएको छ र यसअघि जनप्रतिनिधि नहुँदा पनि मैले नगरबासी मेरा आदरणीय आमाबुवा दाजुभाइ दिदि बहिनी सबैका माझमा आफुलाइ राखेर सेवा गर्ने प्रयास गरेको हुँ । यसपाली मलाइ भोट दिएर एक पटक जनप्रतिनिधि भएर यहाँहरुको अझ धेरै सेवा गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास छ । म तपाइलाई परेको दुखसुखमा घरआगनमै पुगेर तपाइसंग सधै भेटिएर तपाइकै सेवा गर्न चाहाने व्यक्तिलाइ यसपाली अमृल्य मत दिएर नगरको नेतृत्व गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास छ मलाइ ।

अन्य पार्टीका उम्मेदवारहरुले पनि बुटवललाइ आफनो गढ भनेर प्रचार गरीराछन नी ?
कसैले गढ भन्दैमा सदैभरी त्यो सत्य नै हुन्छ भन्ने छैन । बुटवल नगरका हरेक नागरिक सचेत हुनुहुन्छ । देशमा भएको हरेक ठुला अन्दोलनको नेतृत्व गर्ने नेपाली काँग्रेसले गरेका गतीविधिलाइ कम्युनिष्ट पार्टीहरुसंग दाज्दै मिल्दैन । बुटवल र बुटवलबासीकोलागि यसअघि नेतृत्वमा पुगेको एमाले र तीनका जनप्रतिनिधिले केही गरेनन । त्यो कुरा जनताले स्पष्ट बुझनु भएको छ । बिगतमा झुटा आश्वासन बाँडेर उनीहरुले जनतालाइ झुक्याएका हुन । अब यहाँका नगरबासी कोही पनि कसैले झुक्याउँदैमा झुक्किनु हुन्न भन्ने कुरामा म विश्वस्त छु ।
हिजो हामीले निकै दुख गरेर प्रदेशको अस्थायी राजधानी बुटवल ल्याएका थियौ । एमालेले बुटवलको राजधानी खोसेर दाङ्ग पुरयाए । त्यसमा एमालेका स्थानीय देखि प्रदेश र केन्द्रमा नेत्तृत्व गर्नेहरुकै कारण राजधानी यहाँबाट सारेर दाङ पुर्याइएको हो । बुटवलमा पाँच बर्षको अवधीमा कुनै एउटा बाटो घाटो बनेर सकिएको छैन । न खानेपानी समस्या समाधान भएको छ न फोहोर व्यवस्थापन गर्न सके । शिक्षा,स्वास्थ्य, खानेपानी, फोहोरमैला व्यवस्थापन जस्ता आधारभुत कामहरुमा समेत सिन्को भाच्न नसक्ने एमालेका नेताहरुले नगरको विकास गर्दैनन भन्ने कुरा यहाँका जनताले बुझनु भएको छ । जनताले भोट दिएर पठाएको जनप्रतिनिधि साझा हुन सकेनन । बुटवल उपमहानगरपालिका लाइ एउटा दल विशेषको पार्टी कार्यालय बनाउने कुचेष्टा गरीयो ।
बिभिन्न समितिका नाममा आफना कार्यकर्ताको भिड जम्मा गर्ने र भत्त्ताका नाममा खाली नजिकका मान्छे पोस्ने काम गरीयो । सरकारी ढुकुटीमा चरम बेथिति,भ्रष्टाचार गरीयो तर अव त्यसलाइ रोक्नु पर्छ ।
अब अति भयो भ्रष्टाचारलाइ सुन्यमा झारेर नगरको विकास शिक्षा,स्वास्थ्य,खानेपानी,सरसफाइ, जस्ता आधारभुत विकास गर्दै नगरलाइ हराभरा,सुन्दर सफा,समृद्ध नगर बनाउन यसपटक मलाइ रुख चिन्नमा भोट दिएर जिताउनुस र तपाइहरुको सेवा गर्ने मौका दिनुस ।मैले यो नगरपालिकालाइ सबैको साझा नगरपालिका हो भन्ने अनुभुती गराउने छु ।

यदि तपाई निर्वाचित हुनुभयो भने बुटवलवासीले केके सुधार र परिवर्तन देख्न सक्छन ?
मुल कुरा त मैले अघि भनेका बिकास निर्माणका कुराहरुमा मुल पहल रहने छ सुकुम्बासी समस्या समाधानको विषयमा हामिले मुख्य रुपमा कुरा अगाडी बढाउने छौं र सबैभन्दा ठुलो कुरा बुटवल उपमहानगरपालिकालाइ सबै नगरबासीले अपनत्व महशुस गर्न लायक बनाउने छु । सबै राजनीतिक दलका साथीहरुलाई त्यहाँ भित्र सम्मानजनक प्रवेस गर्ने वातावरण सृजना गर्नेछौ र सबैको सल्लाह लिएर पारदर्सी ढंगबाट काम गर्नेछौ । बुटवलमा भएका महत्वपूर्ण संघ संस्थाहरु पनि सबैका सरसल्लाहबाट काम गर्नेछौ यसपटक सबैको नगरपालिका साझा हो र यो नगरपालिकाले नै सबैको मेलमिलाप गराउन सक्छ सहकार्य गराएर हिडाउन सक्छ भन्ने वातावरण सृजना गर्छौ ।

पछिल्लो समय निर्वाचन भडकिलो बन्दै गएको भन्ने गुनासो पनि सुनिन्छ नी ? 
चुनाव महँगो भयो चुनाव धान्न सकिएन भनेर धेरैको गुनासो छ समस्याहरु पनि छन तर मलाई त्यो खालको समस्या कम छ । म जनताको बिचमा जाने र काम गर्ने भएकाले मेरो सामु त्यस्तो खालको मागहरु आउछन जस्तो लाग्दैन । जनताको सहयोग र सदभावले अत्यन्त न्युन खर्चमा बिगत देखि नै चुनाव लडदै आएको छु । तडक भडक गरेर जनताले पत्याउँछन भन्ने सोचाइ नै गलत हो भन्छु म त ।

अन्तमा आम नगरवासी र मतदातालाई हाम्रो मिडिया मार्फत के भन्न चाहानुहुन्छ ?
म नगरका आदरणिय आमाबुवा दाजु भाइ दिदि बहिनी सम्पूर्णमा विशेष अनुरोध आग्रह गर्न चाहान्छु की तपाइले यसपटक मलाइ आफनो मत दिएर जिताउनुस । म तपाइकै सेवक हुँ र बाँकी जीवन पनि नगरबासीकै सेवक भएर बिताउने छु ।
बुटवल उपमहानगर पालिकालाइ पश्चिम नेपालकै आर्थिक र समृद्ध नगरको रुपमा विकास गर्न निश्वार्थ भएर लाग्ने छु । यसअघि धेरै पटक एउटै पार्टीलाइ हेर्नुभयो तर उनीहरुले सत्तामा गएपछि जनतालाइ सम्झेनन । आफु र आफना सीमित व्यक्तिको बृत्ति विकासमा मात्रै लागे । त्यसैले यो पटक नेपाली काँग्रेसलाई र गठबन्धन बाट नेपाली काँग्रेसका उम्मेद्धार खेलराज पाण्डेलाइ अमुल्य मत दिएर नगर हाक्ने मौका दिनुहोस् ।
हामीले तपाइहरुको चाहाना अनुसार नै काम गर्नेछौं । खानेपानी,सडक, ढल निकास,फोहोर व्यवस्थापन,शिक्षा,स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्ने ठोस योजना बनाएका छौ ।हामीले एमालेका उम्मेदवारले जस्तो झुटा आश्वासनहरु बाँडदैनौं ।तर जे बोल्छौ त्यो गरेर देखाउँछौं । सकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासीको समस्या निर्वाचित भएको एक बर्ष भित्रै सम्बोधन गरी ठोस रुपमै समस्या समाधान गर्नेछु । अरु थुप्रै महत्वपूर्ण र नगरकालागि आवश्यक योजनाहरु म संग छन तीनको कार्यान्वयन गरेर बुटवल उपमहानगरलाइ देशमै उत्कृष्ट सुशासन युक्त,आर्थिक र व्यापारिक केन्द्र बनाउने छु ।

 

प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij