बुटवलको बाटोमा नाङ्गो राजनीति,मुद्दा सबैको: अपजस काँग्रेसलाई !

बुटवलको बाटोमा नाङ्गो राजनीति,मुद्दा सबैको: अपजस काँग्रेसलाई !

बुटवल- अहिले बुटवलको मुख्य सडक निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भएको पाइन्छ । टिप्पणी गर्नेहरू मध्ये एक पक्षले बुटवलको बाटो नबन्नुमा नेपाली काँग्रेसका समर्थकहरूको हात रहेको बताएका छन् भने अर्को पक्षले बुटवलको बाटो बनाउन नगरपालिकाले चासो नदिएको बताइरहेका छन् ।

बाटो नबन्नुमा जो जसको भूमिका रहे पनि यो मूल वाटोका कारण बुटवलका जनताले निकै सास्ती पाई रहेका छन् भने बाहिर वाट आउनेहरूमा पनि बुटवलको सुन्दरता प्रति नकारात्मक छाप बसेको अवस्था छ ।

नेपाल सरकारले भारतीय सीमा नाकासङ जोडिएका केही बाटोहरूलाई छनौट गरी व्यापारिक मार्ग विस्तार आयोजनाको नाममा बाटो फराकिलो गर्ने कार्यक्रम अगाडी ल्याए पछि वीरगन्ज –रक्सौल, रुपौडिया- कोहलपुर, रानी- विराटनगर आदीसङै सुनौली- बुटवलको सडक विस्तार गर्ने काम पनि अगाडी बढेको हो ।

सुनौली- बुटवल सडक खण्ड विस्तार गर्ने कार्यक्रम अनुसार सुरुमा सुनौली देखि बुटवलको राजमार्ग चौराहासम्म मात्र काम गर्ने गरी ठेक्का लगाइएकोमा पछि त्यो वाटोलाई बुटवलको गोल पार्क चिडिया खोलासम्म फराकिलो गराउने गरी काम अगाडी बढाइएको हो ।

sadak butwal.jpg

विवादको चुरो :

सुरुमा यो राजमार्गलाई ७५ फुट कायम गरिएको थियो । सडक वारिपारि बनाइएका घरहरूलाई ७५ फुट छोडे पछि नगरपालिकाले नक्सा पास गर्ने गरेको थियो । तर उक्त आयोजनाले बाटो विस्तारको लागि वाटोको चौडाइ ८२ फुट कायम गर्‍यो र अहिले त्यहाँ घर बनाउँदा १०५ फुट छाड्नै पर्ने व्यवस्था गरिएको छ ।

फराकिलो वाटोले गर्दा बुटवलको सौन्दर्य र सहज आगवनका लागि फाइदा त पुग्छ नै तर बाटो वरिपरि नंयाघर बनाउन खोज्नेहरूका लागि अहिले पनि त्यहाँ जग्गा पुग्ने अवस्था नदेखिने हुँदा पुरानो घर भत्केको खण्डमा उठीबास हुनु बाहेक त्यहाँ अर्को विकल्प देखिँदैन ।

मुद्दा सबैकोअपजस काँग्रेसलाई :

सडक विभागले सो बाटो निर्माणको लागि प्रक्रिया सुरु गरेपछि बाटो वारिपारि रहेका ३८४ घरधुरीले बाटो निर्माणको काम रोक्न भन्दै सुरुमा आयोजनामा निवेदन दिएका थिए । तर उक्त आयोजनाले सडक विस्तारको काम नरोक्ने बताए पछि उनीहरू पुनरावेदन अदालत बुटवल पुगे ।

बुटवल अदालतले पनि उनीहरूको साथ नदिए पछि ती मध्येका ५६ जना सर्वोच्च अदालत गए, तर सर्वोच्च अदालतले पनि उनीहरूलाई साथ दिएन । अन्ततः अहिले आएर बाटो निर्माणको प्रक्रिया सुरु भएको अवस्था छ । मुद्दा मामिलाका कारण करिब ३ वर्ष बाटो निर्माणमा अवरोध भएको सत्य हो । तर त्यसको दोषी काँग्रेस हो त ?

नेकपा एमाले वाट निर्वाचित नगर प्रमुख शिव सुवेदीले सार्वजनिक कार्यक्रममा बारम्बार काँग्रेसले मुद्दा हालेका कारण बाटो बन्न नसकेको भनेर आरोप लगाउँदै आएको पाइन्छ । सत्यता नबुझी त्यसैमा हो मा हो मिलाउँदै आउने उनका संयौ कार्यकर्ता पनि देखिन्छ । के बाटो विस्तार गर्दा घर नभत्काउन निवेदन दिने ती ३८४ घरधुरीका मालिकहरू सबै काँग्रेस मात्र हुन ।?

काँग्रेसका एक सदस्य चोपनारायण श्रेष्ठले नेतृत्व गरेको कुरा सत्य होला तर निवेदनमा हस्ताक्षर गर्ने अहिलेका एमाले वाट मेयरका उम्मेदवार भएका बाबुराम भट्टराई पनि काँग्रेस हुन ?। राम प्रसाद खरेल, दधिराम खरेल, हरि पोखरेलहरू पनि काँग्रेस हुन ?। अनि मुद्दा लिएर सर्वोच्चमा पुग्ने सबै ५६ जना पनि काँग्रेस हुन ।?

खेलराज माथि आक्रमण :

नेपाली काङ्ग्रेसबाट बुटवलमा उम्मेदवार वनेका खेलराज पाण्डेले ती सडक वरिपरिका घर भत्काउन हुन्न भन्ने अभियान लिएर हिँडेका थिए तर उनले बाटो बन्न हुँदैन त भनेका थिएनन् । बरु बुटवलमा बाइपास रोड र फ्लाईओभरको सम्भावना अगि सारेका थिए । यसबिचमा यही सडक विस्तारको विषयलाई लिएर कति भेला भए ,पत्रकार सम्मेलन पनि भए, के ती कार्यक्रममा खेलराज पाण्डे मात्र सहभागी भएका थिए । ?

यदि यो अभियानको दोषी काँग्रेस र काँग्रेसी नेता खेलराज मात्र हुन भने सडकका विषयमा संयुक्त विज्ञप्ति निकाल्ने एमालेका तत्कालीन बुटवल नगर संयोजक ऋषि पाण्डे र उनको पार्टी एमाले कसरी निर्दोष हुन सक्छ ।? चुनावको वेलामा हिलो छ्याप्न जसले पनि सक्छ तर अरूलाई आक्षेप लगाउनु अगाडि ऐनामा आफ्नो अनुहार पनि हेर्ने की ?

प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij