राज्यमन्त्री वलीबारे सरकारले जवाफ दिएसँगै लुम्बिनीमा बजेट पेश

राज्यमन्त्री वलीबारे सरकारले जवाफ दिएसँगै लुम्बिनीमा बजेट पेश

बुटवल– लुम्बिनी प्रदेशसभामा सरकारका तर्फबाट जवाफ दिएपछि विपक्षी एमालेले संसदमा बजेट पेश गर्न दिएको छ।

स्वास्थ्य राज्यमन्त्री विमला वलीको घटनामा सरकारको जवाफ माग गर्दै एमालेले सदनमा अवरोध कायम गरेको थियो। अपरान्ह ४ बजे शुरु भएको बैठकमा एमालेले अवरोध गरेपछि २५ मिनेटका लागि सदन स्थगित गरिएको थियो। तर, स्थगित भएको डेढ घन्टापछि मात्रै सदन शुरु भएको हो।

सदनमा सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सरकारले राज्यमन्त्री विमला कुमारी खत्री वलीले महिलामाथि गरेको व्यवहारका सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको बताउँदै छानविन समिति गठन गरेको बताए । उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

विपक्षी एमाले संसदीय दलले भने मुख्यमन्त्रीबाटै जवाफ माग गरेको थियो । त्यहि बिषयमा लामो छलफलपछि सवैधानिक प्रावधान अनुसार बजेट ल्याउनुपर्ने भएकाले सरकारका तर्फबाट प्रवक्ताले जवाफ दिएपछि बजेट प्रस्तुत गर्न विपक्षी एमालेले सहमती जनाएको हो। आर्थिक बर्ष ०७९–८० को बजेट प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेका छन्।

प्रकाशित मिति : बुधबार, असार १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij