रुपन्देही तिलोत्तमाकी अमृताको मृत्यु भएको ७३ दिनपछि अन्त्ये

रुपन्देही तिलोत्तमाकी अमृताको मृत्यु भएको ७३ दिनपछि अन्त्ये

तिलोत्तमा-शंकास्पद ढंगबाट मृत्यु भएकी रुपन्देहीको तिलोत्तमाकी अमृता खत्री टण्डनको ७३ दिनपछि बल्ल अन्तत्येष्टि गरीएको छ। तिलोत्तमा २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले तिलोत्तमाकै मगरघाटमा दाहासंस्कार गरेका हुन्।

अमृताको घरपक्षले अमृताको नाममा स्कुलमा १ लाखको अक्षय कोष खडा गर्ने, अमृताका छोराको शिक्षा दिक्षा र लालनपालनका लागि १४ लाख दिने सहमति गरेपछि अमृताको दाहासंस्कार गर्न माइती पक्ष राजी भएका हुन्। प्रहरीको रोहबरमा माइती र घरपक्षबीच बिहीबार सहमति भएको हो।

अमृताको गत चैत ३० गते राति शंकास्पद मृत्यु भएको थियो। घटनाको दिन पाँच सय मिटरको दुरीमा रहेको माइतीबाट घर गएको आधा घण्टामै अमृताले विष सेवन गरेको भन्दै श्रीमानले उनलाई अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाइ मृत्त घोषणा गरेका थिए। परिवारले अमृताले विष सेवन गरेको बताएपनि माइती पक्षले उनको हत्या गरीएको भन्दै दाहसंस्कार गर्न मानेका थिएनन्। ७३ दिनदेखि अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको थियो। अमृताका दाजु पुष्पकले माइती पक्षले राखेका माग पूरा गर्न घरपक्ष सहमत भएपछि बहिनीको शव अन्त्यष्टि गरिएको जानकारी दिए।

माइती पक्षले परिवार मिलेर उनको हत्या गरेको दावी गर्दै अमृताका श्रीमान प्रेम टण्डन,ससुरा टहलसिंह टण्डन र आमा दिपा टण्डनलाई ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिएका थिए। जिल्ला अदालत रुपन्देहीले  श्रीमान प्रेम टण्डनलाई पुर्वपक्षकालागि थुनामा पठाएको छ। ससुरा र सासु छुटेका छन्। अमृताका दाजु पुष्पकले पोष्टमार्टम र फरेन्सिक रिर्पोट कुर्दा धेरै समय बहिनीको शव अस्पतालमा राख्नु परेको बताए। उनले बहिनीको न्यायका लागि लडीरहने पनि बताए।

प्रकाशित मिति : शुक्रबार, असार १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij