बुटवल-पाल्पा र बुटवल-नारायणगढ सडक अवरुद्ध

बुटवल-पाल्पा र बुटवल-नारायणगढ सडक अवरुद्ध

बुटवल – मनसुनको प्रभाव देशभरी फैलिएसँगै वर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुन पुगेको छ । विहानैदेखिको वर्षाले प्रदेशका विभिन्न ठाउँका सडक अवरुद्ध भएको प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

मंगलबार विहानैदेखि वर्षा भएपछि बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध छ । वर्षाले सडकमाथिबाट लेदो सहतिको पहिरो बग्न थालेपछि आवागमननै ठप्प भएको हो । यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध भएको छ । खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उता रुकुम पश्चिमको सदरमुकाम खलङ्गा जाने सडकपनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सदरमकाम नजिकैको रानीबन खण्डको खहरे खोला बढेर सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गकै बुटवल सुनवल खण्डमा डाईभसैन बगाउँदा अवरुद्ध भएको सडक एकतर्फि संचालनमा आएको छ । अवरुद्ध भएका सडक खुलाउने प्रयास भईरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : मंगलबार, असार १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij