काठमाडौं : शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको छ।
विशेष सूचना पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको विमान रोकेर प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको विमानस्थल उच्चस्रोतले जानकारी दियो।
‘उड्न लागेको विमानमा पक्राउ गर्नुपर्ने मान्छे भएको जानकारी आएपछि केहीबेर विमान रोकिएको हो’, विमानस्थल उच्चस्रोतले भन्यो, ‘उनलाई हामीले नियन्त्रणमा लिइसकेका छौं।’ प्रहरीले उनको परिचय खुलाएको छैन।
प्रकाशित मिति : बुधबार, साउन १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्