बुटवल — बुटवल रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन भएको छ । ६८ वर्षीय पोखरेलको सोमबार राति बेलवासस्थित आफ्नै निवास निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।
पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आएका थिए । पछिल्लो समय सम्पादन सल्लाहकार रहेका पोखरेलले कोभिड संक्रमणयता घरबाटै काम गर्दै आएका थिए ।
पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
पत्रकारिताको धरोहरका रुपमा रहेका पोखरेल लेखक तथा साहित्यकार समेत हुन् । पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठूलो क्षति पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डिआर घिमिरेले बताए ।
प्रकाशित मिति : मंगलबार, साउन ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्