बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानकाे रक्षा र कार्यान्वयनका लागि गणतन्त्र पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।
संविधान दिवस २०७९ को अवसरमा साेमबार बुटवलमा आयाेजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानमाथि पटकपटक आक्रमण भएकोले संविधानकाे रक्षा र कार्यान्वयनका लागि गणतन्त्र पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका हुन् ।
नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा उत्पन्न भएको बताउँदै उनले गणतन्त्र र संविधान विरोधीहरुले दुई पटकसम्म संसद विघटन गरेर संविधान च्यात्ने प्रयास गरेको टिप्पणी गरे ।
लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै मुख्यमन्त्री केसीले नेपालको संविधान २०७२ बलिदानबाट प्राप्त भएको भन्दै त्यसमा परिवर्तनकारी शक्तिको हक लाग्ने उल्लेख गरे । परिवर्तनकामी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले उनै शहीदहरुको बलिदानबाट संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गरे ।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु लगायत मन्त्रीहरु, प्रमुख सचिव, सचिव लगायतको सहभागिता थियो ।
प्रकाशित मिति : सोमबार, असोज ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्