लुम्बिनी प्रदेश सरकारबाट ६१ जना विभूषित

लुम्बिनी प्रदेश सरकारबाट ६१ जना विभूषित

बुटवल- लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट योगदान पुर्याएको भन्दै ६१ जनालाई पदकबाट विभूषित गरेको छ । सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरूको नामावली घोषणा गरिएको हो ।

संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख तृतिय जनसेवा पदक प्रदान गर्ने घोषणा गरिएको हो । यसैगरी, बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका डा. राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितिय प्रदान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सेवा समर्पण पदक द्वितिय नौ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय चार जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ । समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ । प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ ।

प्रजापति गौतम पदक द्वितिय र तृतियबाट एक एक जना, दंगिशरण बलिहाङ पदक द्वितियबाट एक जना तथा दंगीशरण बलिहाङ पदक तृतीयबाट चार जना गरी ६१ जनालाई विभूषित गरेकाे लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, असोज ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij