लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पनि यी तीन प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । केही दिनयता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगातार ठूलो पानी परिरहेको छ । यी तीन प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुने अनुमान गरिएको छ । पश्चिमी क्षेत्रमा पनि भोलिदेखि क्रमिक रुपमा मौसममा सुधार हुने मौसमविद्को अनुमान छ । तर, मनसुन सक्रिय नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने हुने मौसमविद् अधिकारीले बताउनुभयो । गएको अक्टोबर २ अर्थात १६ गते नै मनसुन सकिनु पर्नेमा यसपालि मनसुन लम्बिएको छ।

प्रकाशित मिति : सोमबार, असोज २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij