दाङमा बाढी–पहिराेमा परेर १ जनाकाे ज्यान गयाे, २ जना बेपत्ता

दाङमा बाढी–पहिराेमा परेर १ जनाकाे ज्यान गयाे, २ जना बेपत्ता

दाङ – दाङकाे बंगलाचुली गाउँपालिकामा लगातारकाे वर्षापछि आएकाे बाढी र पहिराेमा परेर एक जनाको ज्यान गएको छ । यस्तै दुई जना बेपत्ता भएका छन् ।

अर्जुन खाेलाले बगाउँदा बंगलाचुली गाउँपालिका ६ दारेगौडाका ५७ वर्षीय डम्बरबहादुर विककाे ज्यान गएको हाे । खाेलाले बगाउँदा बंगलाचुली ५ जहरेकी पार्वती नेपाली बेपत्ता हुनुभएकाे छ । यस्तै पहिराेमा परेर बंगलाचुली ४ गहतेराकी हिरा नेपाली बेपत्ता हुनुभएकाे बंगलाचुली गाउपालिकाका प्रेस संयोजक जीवन नेपालीले जानकारी दिनुभयो । याे घटना दुई दिनअघिकाे भएकाे भए पनि विकट पहाडी बस्तीमा गाउँपालिकाको टोली लगत सङ्कलनका क्रममा आज साेमवार पुग्दा घटना पत्ता लागेको प्रेस संयोजक नेपालीले बताउनुभयो ।

वर्षाका कारण ठाउँ–ठाउँमा पहिराे जाँदा बंगलाचुलीकाे आठ वटै वडामा रहेका दर्जनौँ सडकमा अवराेध पुगेकाे छ । यस्तै गाउँपालिकामा रहेका दर्जनौँ विद्यालयका भवनमा क्षति पुगेको छ । वर्षाले पानीका मुहान पुरिँदा स्थानीयलाई पानी पिउन समस्या भएको, दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा रहेका गाउँपालिकाले जनाएको छ । बाढी र पहिराेका कारण घर भत्किएपछि स्थानीयहरू आफन्तकाेमा र सार्वजनिक ठाउँमा आश्रय लिएर बसिरहेका छन् ।

विपदकाे समयमा स्थानीय सरकारको अनुभूति हुने गरी आफूहरू पीडितकाे अवस्थाको विवरण सङ्कलन गर्ने काममा दिन/रात खटिरहेको बंगलाचुलीका अध्यक्ष तुल्सीराम पुनले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले पीडितलाई उद्धार गरेर सुरक्षित ठाउँमा लैजानु पालिकाकाे पहिलाे प्राथमिकता भएकाे भन्दै त्यहीअनुसार काम गरिरहेकाे बताउनुभयाे ।

प्रकाशित मिति : सोमबार, असोज २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij