पश्चिम नवलपरासीमा अवैध चिनी लोड गरिएका दुई वटा ट्रक प्रहरीको नियन्त्रणमा

पश्चिम नवलपरासीमा अवैध चिनी लोड गरिएका दुई वटा ट्रक प्रहरीको नियन्त्रणमा

काठमाण्डाै – पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ बाट अवैध चिनी लोड गरिएका दुई वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भैरहवा परासी सडकखण्डबाट झण्डै ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।

बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij